जसपा फुट्यो, यस्तो छ नेताहरूको कार्यविभाजन
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजित भएको छ । विभाजित भई बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नामसमेत टुंगो लगाइसकेको छ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् । पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् ।...