काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । गठबन्धनमा भागबन्डाको कुरा नमिल्दा जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको बताइएको छ ।
सरकारमा सामेल हुनेबारे छलफल जारी रहेको पार्टी अध्यक्ष उपन्द्र यादवले बताए । जसपाका कार्यकारिणी बैठकमा पनि यसबारे ब्यापक छलफल भएको र बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालिएको बताइएको छ ।