तत्कालका लागि मुक्कुम्लुङमा केबलकार निर्माण कार्य रोक्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएकामा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि...