विशेष अदालतका नवनियुक्त पदाधिकारीहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गराएका हुन्। विशेष अदालतको अध्यक्षमा न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो। उक्त बैठकले सदस्यहरुमा...