सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्योः सांसद शर्मा
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समितिबाट पारित भएको विधेयकसमेत मन्त्रीले संशोधन गरेको आरोप लगाएकी हुन् । सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने...