संविधानले एनआरएनलाई दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिबेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहो¥याएका छन् । एनआरएनएका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग गएराती (बिहिबार राती) भएको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त अवसरमा अध्यक्ष डा केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिवेशन...