चाँडै सार्वजनिक हुँदै कवि जुनू रानाको कवितासंग्रह ‘रातो नदी’
काठमाडौं । कवि जुनू रानाको कवितासंग्रह ‘रातो नदी’ सार्वजनिक गरिने भएको छ । बुधबार पुस्तकको कभर सार्वजनिक गर्दै चाँडै नै कवितासंग्रह पाठकमाझ आउने कवि रानाले जानकारी दिएकी छिन् । सन् १९९८ देखि नै हङकङ रहँदै आएकी कवि राना युवा पुस्ताकी सशक्त कवि हुन् । उनको कवितामा विषेशत: उत्पिडन, सामाजिक विषमता र विसंगतिहरू र प्रेमभाव पाइन्छन्...