April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

२०८० कार्तिक ११

1.4K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक कात्तिक १३ गते सोमबार दिउँसो २ बजेको लागि बोलाएको हो ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ।

बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए।

Advertisement

जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ।