कविको चेतना कुन समयमा खुल्छ ? कुन समयमा आएर मात्रै कविले कविता बुझ्छ ? यी प्रश्नहरू आम भए । खासमा कविले कस्तो कविता पढ्न रुचाउँछ ? कस्तो कविता पढ्दा मात्रै कविको मस्तिष्क तंग्रीन्छ ? यो चै व्यक्तिगत वा स्वार्थसङ्गत प्रश्न भो ।
आज मेरो यी स्वार्थसङ्गत प्रश्नसँग भेट भो । निक्कै समय भो म एकदम फुर्सद बाँचीरहेको छु । यो फुर्सद कटाउन ‘मलाई कसैले भेट्न बोलाए हुन्थ्यो । कसैले घुम्न जाम भने हुन्थ्यो । कसैले बेल्का बसम भने हुन्थ्यो’ भन्ने सोच्दै बितिरहेको छ । र यी कुनैपनि फर्माइस नआउँदा कनिकनि किताब पढ्ने कोसिस गर्छु मोबाइलको चार्ज सक्किएको बेला ।
यसै क्रममा मैले आज अल्छी गर्दै कसैबाट लिइएको पढ्न बाँकी किताब पढ्न दराज खोले र सुरुमा एउटा प्रतिष्ठित पुरस्कारको नोमिनेसनमा परेको बूकमा आँखा गयो र हात पनि त्यतै गयो अनि मनले पनि ‘निकाल र पढ’ भन्यो । त्यो किताबमा कविको पहिलो आफ्नै कलममा आफ्नो स्वीकारोक्ति पढेपछि झन पढ्न मन लाग्यो र कुनै पनि स्किप नगरी पढे र पत्ता पाएँ कविको स्वीकारोक्तिको कारण । उहाँलाई महान मान्छे भन्न मन लाग्यो । जस्ले जे बुझ्यो त्यै लेख्यो, जे सहज लाग्यो त्यै लेख्यो एकदमै अपनत्त्वसहित । जसलाई जबर्जस्ती कुनै नारा वा भासण लेख्नु छैन । किताबमा मलाई आलस्य लागे पनि कवि हृदयप्रति एकदमै प्रेम छ ।
मोबाइलको जार्च अझै चलाउन पुग्ने भएको रहेन छ । फेरि मतिहरा जस्तै गरि एउटा किताब निकाले तर किताब हातमा पर्ने बित्तिकै अच्चमै तरिकाले श्रदा र उत्सुकता जाग्यो । जो किताबको नाम पहिल्यै कन्ठ थ्यो । कविसँग दुई भेट बिताइसकेका थियौं । भेट यस्तो कि फर्लमल चिन्जान तर मेरो ओभर डोजले सिमा नाघ्नेगरी । दुई भेट नै त्यस्तै भयो । जब पुस्तकको प्रवेशद्वार उघार्दै भित्र छिरे तब बीचबीचमा चुकचुकाउँदै पुस्तकसँग, कवितासँग र कविसँग माफमाग्दै छिर्दैरहेँ ।
हुन त कविको र त्यो किताबको परिचय मैले गराइरहनु तपाईंहरूमाझ आवश्यक छैन । म भन्दा तपाईंहरू अझ चिन्नु हुन्छ । तर मेरो रहस्यको ढोका त खोल्नै प¥यो नि हैन ? – कवि ‘सुन्दर कुरुप’, किताब ‘पृथ्वीको आविष्कार’
किताब पढिसकाएर किनकिन सिक्रेट (चुरोट) खान मन लाग्यो । किताब दराजमा राखे, मोबाइल निकाले ६९% भएछ तीनचार घन्टा चलाउन मिल्ने भो ढुक्क भएँ । चुरोट खानु मेरा लागि बालापनको चाड्वाड जस्तै हो समय जुर्नु पर्छ । मोबाइल उचाले र चुरोट पाउने ठाउँसम्मको लागि पाइला बढाए । मुटुको चाल साविक भन्दा तेजनै थियो । चुरोट लिए र एकान्तमा पसें ।
म किन यस्तो मान्छे भए हुँला । मातेपछी किन मेरो पुल (अचानक होस हराउने रोग) जाग्छ होला ? आत्मग्लानी हुँदै सुन्दर दाइसित मनमनै माफ मागे । र सोचे ञमैले यो पुस्तक (पृथ्वीको आविष्कार) उहाँ सँग भेट्नु भन्दा अघिनै किन पढिन छु । मलाई किताब दिनेको पहिल्यै दिने समय किन जुरेनछ ? दाइसँग यी शब्द लेख्न पनि लाज लागिलागी लेखिराछु ।
हुन त दाइसँग त्यस्तो उड्न्तै त मच्च्याएको हैन । तर दाइको स्वभाव अनुसार मैले सिमा पार नै गरेको हुँ । दाइ सालिन र भद्र व्यक्ति हुनुहुँदो रैछ । पहिलो भेट भन्दा दोस्रो भेट्मा मैले अलि उपद्रो गरेको जस्तो लाग्यो । खासमा त्यो उपद्रो व्यक्तिसँग चै हैन । हाम्रो क्षेत्रमा (साहित्य) राजतन्त्र जस्तै आफ्नो आधिपत्य जमाउन खोज्ने केही जमातसँगको हो । घुमाइफिराई रुम्जाटार पुग्ने सोंचसँग हो । यी मेरा फ्रस्टेसन दाइहरू समक्ष पोखेजस्तो भो । त्यसदिन जोजो हुनुहुन्थ्यो सबैसँग क्षमा चाहान्छु ।
‘पृथ्वीको आविष्कार’ म पढ्नै पर्ने पुस्तक र कविमा उहाँलाई पनि फर्माइस गर्न चाहन्छु । मैले कमै किताब पढेको छु र कम भन्दा पनि कम पुस्तकमात्र मेरो मस्तिष्कमा छापिएको छ । पढ्छु भनेर लिएको चिनेका अग्रज दाइहरूको पुस्तकले त्यति मलाई रस दिएको छैन जो अचानक मेरो हातमा आएको ‘पृथ्वीको आविस्कार’ले दियो । कवितामा कलापक्ष मेरो पहिलो रोजाइ हुन्छ । किन भने हामीले लेखिरहेको कन्टेन्ट उहीँ हो । त्यसले कस्ले कसरी बुनेको छ भन्ने मुख्य कुरा हो । त्यसपछि बिचार प्रवाह, दर्शनको ओजन अनि अस्तित्वको खोज । यो पुस्तकमा के के छैन । यदि तपाईंहरूले एकाग्र भएर पढ्नु भो भने मलाई लाग्छ तपाईंहरूलाई ह्याङओभरबाट ब्यूँझाउने डोज यो पुस्तक हुन सक्छ ।
कविताहरूबारे बोल्ने मेरो ताकत छैन । समग्रमा ‘पृथ्वीको आविष्कार’ले जुन खालको ओजन बोकेको छ त्यो सबै त्यहाँभित्र रहेका अवयब (कविताहरू) को तागतले हो ।
अन्तमा यदि तपाईंको मसँगको गुनासो छ भने तपाइँको ‘जिग्री लुङा’जस्तै सम्झेर माफ गर्दिनु होला । ञघण्टाघरका घडीका सुईहरूले बूढो जण्डिसग्रस्त पहेँलो घामलाई हिर्काएर रानीपोखरिमा खसालेजसरी (काठमाडौंको साँझ कवितांश) हामीले पिएको गिलासको प्वालमै छोडिदिनुस यो भाइको उग्रतालाई । तपाइँको बाउको हराएको काँसे डबकामा यो देशका शासक, तस्कर र दलालहरूले पिएको षड्यन्त्रको गुलियो जाँडमा मिसाइदिनुस् र मलाई माफ गर्दिनुस् ।
फेरि पनि अन्तमा तपाईंको ‘कुरुप’ उपनाम ञसुन्दरझको पछाडि जोड्न मन लागेन । सेवारो सुन्दर दाजु ‘गाह्रो पिरो औसर माफ’ ।