कांग्रेसका जनसम्पर्क समितिमा अबदेखि दुई प्रकारका सदस्यता
काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ । अबदेखि विदेशी नागरिकता प्राप्त व्यक्तिहरूले जनसम्पर्क समितिको सदस्यता र नागरिकता नलिएकाहरूले क्रियाशील सदस्यता पाउने भएका हुन् । कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।...