काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिएका हुन् ।
सहमतिअनुसार दुई मन्त्रालय नदिएकाले बिहीबार बसेको जसपा लुम्बिनी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
संघीय सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री छन् ।