नेपालमा अब राजा फर्कने सम्भावना छैन : माधव नेपाल
विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अब राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुक अब पछाडि फर्कन नसक्ने बताएका हुन् । नेपालमा अब वंशको शासन नचाहिने बताउदै नेपालले भने,‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई मन नमान्ने ।...