काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बेलुका ४ बजेका लागि बेलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट भोलि (बुधबार) विश्वासको मत लिँदैछन् । सरकारमा जसपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलीय गठबन्धन सहभागी छन् ।