२१औं शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हास्यास्पद: एमाले
काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा उनले जनताको फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएका हुन् । राजावादीहरू सक्रिय भइरहेका बेला प्रमुख सत्तारुढ दल...