घरमा आगजनीपछि सेनाको घेरामा महिन्दा राजपाक्षे
कोलम्बो : श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षेलाई त्रिङ्कोमालीस्थित नौसेनाको अखडामा सुरक्षा घेरामा राखिएको छ। रक्षा मन्त्रालयका सचिव कमल गुणरत्नेले बुधबार यस्तो जानकारी दिएका हुन्। श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। सरकारले यसलाई सम्बोधन गर्न नसकेको भन्दै देशव्यापी विरोध प्रदर्शन हुन थालेपछि ७६ वर्षीय महिन्दालाई सुरक्षा प्रदान गरिएको हो। यसैबीच विपक्षी दलहरूले उनलाई पक्राउ गर्नुपर्ने माग...