दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कवितासंग्रह ‘अनसङ् सङ्स्’ विमोचित
लण्डन । साहित्यकार दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कवितासंग्रह ‘अनसङ् सङ्स’ विमोचित भएको छ । कवि, मुक्तककार तथा समालोचक पोख्रेलको संग्रहलाई बिहीबार काठमाडौमा आयोजित एक समारोहबीच प्राडा. पद्म देवकोटाले विमोचन गरेका हुन् । संग्रहमा पोख्रेलका ८५ वटा अंग्रेजी भाषामा लेखिएका कविता समावेश छन् । कविको आप्रवासी अनुभव, देशप्रतिको चिन्ता र चासो, माया, प्रेम, हर्ष, अमर्ष, प्रकृति, समसामयिकता, आत्मचिन्तन...