काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीलाई आजै शपथ गराउने तयारी भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ ।
जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।