काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाएको छ ।
भर्खर सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको हो ।
त्यस्तै वन तथा वातावरण मन्त्रीमा सप्तरी–१ बाट निर्वाचित नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा धनुषा–१ बाट निर्वाचित दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो ।