April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

जसपा कम्युनिस्ट हुन सक्दैन: उपेन्द्र यादव

1.4K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिस्ट हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएकाले कम्युनिस्ट हुन नसक्ने बताएका हुन् ।

वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने उनले बताएका छन् । ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरुबीच सहकार्य र मोर्चा मात्र हुन सक्छ’, उनले सामाजिक संजालमा लेखेका छन् ।

यादवले भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिँदैन ।’ यसबाट भ्रमित र दुबिधामा नरहन समेत यादवले आम समाजवादीहरुलाई अपिल गरेका छन् ।

Advertisement