सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिनुभयो । जनचाहनाअनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “केहीले यो...