पाँचथरमा भाइबुहारीलाई बन्दुक देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ
पाँचथर । पाँचथर प्रहरीले बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५, फाक्तेप निगुरे बस्ने ३० वर्षीय दिपक चेम्जोङ रहेका छन् । घरायसी विवादमा आफ्नै भाईबुहारीलाई भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । मापसे गरेका उनीसँग शुक्रबार भाई प्रेम...