June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

एमाले कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

1.1K

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गरेका छन् । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे ।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए ।

Advertisement

सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर विजयी विजयी छन् । उनका प्रतिद्वन्द्वी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे ।