January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

सिद्धार्थले जित्यो एन्फा प्याब्सनको उपाधि

2.3K

हाम्रो रणनीतिले हामीलाई सफल्ता दिलायो: प्रशिक्षक अजित अधिकारी

बराहक्षेत्र । धरानमा सम्पन्न एन्फा/प्याब्सन प्रेसिडेन्ट लिगको उपाधि बरहाक्षेत्रको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलले चुमेको छ । शनिबार लिगको आफ्नो अन्तिम खेलमा हिम शिखर इ. स्कुललाई १–० ले पराजित गर्दै सबै खेलमा विजयी बन्दै शतप्रतिशत नतिजासहित सिद्धार्थले सो उपाधि चुमेको हो ।

शनिबारको निर्णायक गोल सिद्धार्थका जर्सी नम्बर १४ का सुरज सुवेदीले खेलेका थिए । उनले खेलको ५१ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जीत नजिक पु¥याएका थिए । त्यसपछि कुनै पनि टिमबाट गोल नभएपछि सिद्धार्थले शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता सुरज सुवेदी बने । यस अघिका होलीलेण्ड र महेन्द्र सेकेन्डरी स्कुललाई पनि पराजित गरेको थियो । सुनसरी भरिका ३२ वटा विद्यालयले सहभागी जनाएको प्रतियोगिताको पहिलो चरणका खेलहरु इटहरी र बराहक्षेत्रमा खेलाइएको थियो । सो प्रतियोगिताबाट विजेता/उपविजेतालाई छनोट गराइएक थियो । जसमा सिद्धार्थ, महेन्द्र मेमोरियल, हिमशिखर र होलिलेन्ड गरि ४ वटा विद्यालयका टिमले लिगका निम्ति धरानको टिकट काटेका थिए । छनोट चरणमा पनि सिद्धार्थ च्याम्पियन बनेको थियो ।

Advertisement

च्याम्पियन सिद्धार्थले नगद रू. २० हजारसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको महेन्द्र मेमोरियल स्कुलले नगद रु. १५ हजारमा चित्त बुझाउँदै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विधागततर्फ पनि सिद्धार्थका खेलाडीहरुको वर्चस्व रह्यो जसमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिद्धार्थका सारुण चौधरी घोषित भए उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए भने उत्कृष्ट गोलकिपर सिद्धार्थका सन्देश चौधरी, बेष्ट स्ट्राइकर सिद्धार्थका सुशान्त चौधरी, बेष्ट कोच सिद्धार्थका अजित अधिकारी घोषित भए उनीहरुले जनही समान नगद रु.२ हजार र ट्रफी प्राप्त गरे । यस्तै बेष्ट डिफेन्डर हिमशिखरका नेल्सन गुरुङ, बेष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल, बेष्ट स्ट्राइकर सिद्धार्थका सुशान्त चौधरी, बेष्ट कोच सिद्धार्थका अजित अधिकारी घोषित हुदै जनही नगद २ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल चरणमा सर्वाधिक ३ गोल गरेका महेन्द्र मेमोरियलका आशिष भगतले नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।

पुरस्कृत खेलाडीहरुलाई आयोजक एन्फा सुनसरीका अध्यक्ष नविन राई, प्रमुख अतिथि एवं प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, प्याब्सनका सल्लाहकार डा.वेणुप्रसाद सिटौला, प्याब्सनका कोषाध्यक्ष दिपक कार्की, इन्दिरा कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रशिक्षक अधिकारीले आफ्नो रणनीति अनुरुप खेलाडीहरुले खेलेको कारण उपाधि जित्न सफल भएको बताए । उनले भने, ‘यसको श्रेय मिहिनेत गरेर खेल्ने खेलाडीहरुलाई ।’

एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा सो प्रतियोगिताको आयोजना गरिएको थियो ।