काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले संखुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् । संसदमा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारण खड्काले राजीनामा दिएको जनाइएइको छ ।
खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’
खड्काले १४ औं महाधिवेशनमा राईमान राईलाई पराजित गरेर जिल्ला सभापति बनेका खड्काले आफ्नो राजीनामा स्विकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् ।