यौन दुर्व्यवहार एवम् जवरजस्ती करणी अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम
विराटनगर । सोलुखुम्बुमा यौन दुर्व्यवहार एवम् जवरजस्ती करणी अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.०४ स्थित दुधकुण्ड हिमालयन आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका, महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बु, अन्तर पाटी महिला संजाल सोलुखुम्बु र...