April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एकीकृत समाजवादी ओखलढुङ्गाको संगठन विस्तार अभियान तीव्र

1.2K

ओखलढुंगा । नेकपा एकीकृत समाजवादी ओखलढुङ्गाले टोल स्तरमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ । यही क्रममा ओखलढुंगा सिध्दिचरण नगरपालिकाका विभिन्न वडाहरुमा टोल कमिटीहरू गठन भएका छन् । मंगलबार बुधबार र विहीबार गरी सिनपा ४ र ५ का विभिन्न टोलहरुमा टोल कमिटी गठन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज निर्मला श्रेष्ठको अगुवाइमा पार्टीका जिल्ला अध्यक्ष सहित नगरकमिटीका अध्यक्ष महेश श्रेष्ठ सहितका नेताहरुको उपस्थितिमा टोल कमिटीहरु गठनलाई तिव्रता दिईएको छ ।

पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन बमोजिम समाजवादी जागरण यात्रा २०८० अन्तर्गत ओखलढुंगा जिल्लामा पनि संगठन निर्माण पार्टी सदस्यता वितरण तथा भेला सम्मेलनहरूका तयारीलाई तिव्रता दिइएको पार्टीका ओखलढुंगा सहइन्चार्ज अमृत सागरले बताए ।

Advertisement

जसअनुसार आगामी कार्तिक २१ गते अनेरास्ववियू र युवा संघ नेपालको संयुक्त जिल्ला भेलाको तयारी भैरहेको साथै पार्टीमा नव प्रवेशीहरूलाई पनि संगठित गर्दै जिम्मेवारी दिने बताए ।