सुनसरी । नेकपा माओवादी केन्द्र सुनसरीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को सघन र निर्मम समीक्षासहित अभियानका जिल्लाव्यापी दृष्टिकोण र कार्यक्रमहरूमा एकरूपताका लागि नीतिगत निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सुनसरी जिल्ला समन्वय समितिको बैठक शुक्रबार सम्पन्न बैठकले सो नीतिगत निर्णय गरेको हो । पार्टी कार्यालय इनरुवामा जिल्ला संयोजक योगेन्द्र मण्डल ‘पप्पु’ को अध्यक्षता र केन्द्रीय सचिव तथा १ नं. प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
बैठकमा सुनसरीका बाह्रै पालिकाका प्रतिनिधिहरूले संक्षिप्त समिक्षा प्रस्तुत गरेका थिए । प्रमुख अतिथि खनालले प्रशिक्षणात्मक मन्तव्य, केन्द्रीय सदस्यद्वय एसके हिमाल, मणि खम्बु किराती तथा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले निर्देशनात्मक मन्तव्य राखेका थिए ।