April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मुख्मन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको बैठकको निर्णय

1.3K

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्मन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

कार्की सर्वोच्च अदालतको परमादेशमा भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने छ ।

प्रदेश प्रमुख पर्शुराम ठाकुरले प्रदेश सरकारको सिफारिसमा असोज १७ गते बुधबार १ बजेको लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका छन्।

Advertisement