फोनिज यूके अध्यक्षमा गोमा राना चयन
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा गोमा राना चयन भएकी छन् । फार्नबरोमा शनिबार सम्पन्न संस्थाको साधारणसभाले उपाध्यक्ष रानालाई नेतृत्वको जिम्मेवारी दिएको हो । यसअघिकी अध्यक्ष प्रमिला लाबुङ राईले कार्यकाल पूरा नहुँदै अध्यक्षको जिम्मेवारी सुम्पिएकी हुन् । साधारणसभाकै अवसरमा फोनिज यूकेले बेलायतमा रहेर नेपाली पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप दुई पत्रकारलाई सम्मान...