April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

शेष घेलेलाई एक्ल्याएर एनआरएनहरुलाई हित छैन – राजकुमार त्रिपाठी

3.3K

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व महासचिव राजकुमार त्रिपाठीले संघका प्रमुख संरक्षक डा. शेष घलेलाई पाखा लगाएर संस्था र एनआरएन अभियानको हित नहुने विचार राखेका छन् । एनआरएन यूकेको दुई कार्यकाल महासचिव गरेका त्रिपाठीले अन्तर्राष्ट्रिय समन्वय परिषद टुक्रिएर दुई समूहमा विभाजन भएको प्रसंग कोट्याउँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

केही दिनअघि उनले आफ्नो सञ्जालहरुमा आफ्नो स्पष्ट धारणा राख्दै भनेका छन् – “शेष घलेलाई भित्तामा ठेलेर, पेलेर, एक्ल्याएर धेरै खादा, माला र बाजा गाजा नगर । एनआरएन एकताका लागि तुरुन्त एकता वार्ता गर ।”

गैर-आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको उपेन्द्र महतो समूहले गरेको दशौं महाधिवेशनबाट एउटै पदमा अनेर्को उम्मेद्वारहरुलाई निर्वाचित गरेपछि बेलायतवासी नेपालीहरु क्रुद्द बनेका छन् । गत आइतबार भएको निर्वाचनबाट एनआरएनएको विधि-विधान र प्रचलन बिपरित एउटै पदमा दर्जनौलाई निर्वाचित गराएपछि एनआरएनए यूकेवृत्तमा विभिन्न प्रतिकृयाहरु आइरहेका छन् ।

Advertisement

उक्त निर्वाचनले अध्यक्षमा ३ जना सहित उपाध्यक्ष १८ जना, महासचिव २ जना, उपमहासचिव २, सचिव ८ जना, कोषाध्यक्षमा २ जना, सहकोषाध्यक्ष ११ जना, महिला संयोजक २ जना, युवा संयोजक २ जना, प्रवक्ता २ निर्वाचित गरेको छ ।

त्यस्तै गरी युरोप, अमेरिका, एशिया प्याशिफिक, मध्यपूर्व र ओसिनियाँ क्षेत्रबाट संयोजक र उपसंयोजक पदमा उठेका जति सबैलाई निर्वाचित भएपछि उक्त विषय बेलायतको नेपालीवृत्तमा अहिले हंसीमजाकको विषय बनेको छ ।

संघमा कतिपय विषयहरुमा संस्थापन पक्षले एकपक्षीय रुपमा पेलेको आरोप लगाउँदै आएका कुल आचार्यले अन्तिम अवस्थामा आएर महतोसंग मिलजुल गरेपछि उनको समर्थनमा विगत ३ बर्षदेखि उभिैदै आएकाहरु अहिले आफूहरुलाई आचार्यले धोका दिएको आरोप लगाएका छन् ।

एनआरएनए यूकेको औपचारिक भाइबर ग्रुपमा एनआरएनए यूकेका एक जना सल्लाहकार भन्छन् – “बधाई होईन बेलायतवासीहरुले यस्तो धोकेवाजहरूलाई बहिष्कार गर्नु पर्दछ। यीनैले हिजोसम्म शेष घले भगवान मेरा दाई भन्दै ज्यान दिने आज नेपालको राजनीतिको नेताका भकुणडो भएर हामी बेलायतवासी मात्र होईन विश्वका नेपाली समुदायलाई लात हान्ने मतियार भएर आएका छन अब के कसरी चिन्छन हाम्रो बेलायतवासीहरुको अमूल्य मतप्रति गद्दार गरेको अवस्था छ । भोलीका दिनमा बेलायतवासी नेपाली समुदाय अति सचेत हुन आवश्यक छ।”

“लाजको पसारो ३ जना अध्यक्ष एउटै सस्थामा। बदनामको पनि सीमा हुन्छ । यो सहमति हो कि कुमति हो ? नपाउने ले केरा पायो बोक्रासंगै खायो । राष्ट्रपतिले उदघाटन गरेको ३ जना अध्यक्ष र १८ वटा उपाध्यक्ष बनाउनलाई हो ?” – घले समूहबाट निर्वाचित एक जना पदाधिकारीले पनि आफ्नो आक्रोश पोखेका छन् ।

गत हप्ता एनआरएनए औपचारिक रुपमै दुई समूहमा बिभाजित भएपछि बेलायतमा नेपालीहरुबीच सार्वजनिक धारणाहरु यसरी व्यक्त हुन थालेको हो । गत हप्ता काठमाण्डौंमा आयोजित बेग्लाबेग्लै दशौं महाधिवेशनबाट १९ बर्षको इतिहास बोकेको संघ दुई चिरामा बिभाजित भएको छ ।

एनआरएनए यूकेकै सामाजिक सञ्जालमा आफ्नो प्रतिकृया दिने सवालमा एर. वी. नाम गरेका एक जना एनआरएन भन्छन्, – “कुल आचार्य ब्रो बिधि बिधान भन्दै दुनिया मान्छे उचालेर हो हल्ला भाड भैलो गर्नु भाको त मनोनित चेयर मेन पद खानु लाइ पो रहेछ । साथ दिने साथी भाइ हरु लाइ छल कपट गरेर आफ्नो एजेन्डा लाइ पद सग साट्नु भयो ।”

सोही भाइबर गु्रपमा एक अर्का एनआरएन भन्छन् – “कुल आचार्य ब्रोको एजेन्डा, अस्तिव र चेयरमेन पदलाई स्वीकार गरी वहाँकै कार्य समितिमा काम गर्ने भनेपछि त सक्की गो नि । कुल ब्रो र बद्री ब्रोको पेनलकाले एनआरएन का सदस्यहरुलाई एक–आपसमा लडाउने भिडाउने, धोका,उठापतक गरायो अहिले आएर ६/६ महिने मनोनित कार्यकाल संगै बसेर खाँदा खेरि आत्मग्लानी नहुने, लाज सरम नलाग्ने, आत्मालोचना त पर को कुरो ।”

झण्डै डेढ बर्षयतादेखि असमझदारीमा रहेका संस्थापन कुमार पन्त समूह र विद्रोही पक्षका कुल आचार्य समूहबीच विवाद बढ्दै गएपछि विगत ६ महिनामा चुनाव हुन सकेको थिएन । समस्यालाई निकास दिन दुवै पक्ष संघका प्रमुख संरक्षक डा. शेष घलेको शरण पर्नु परेको थियो । त्यसपछि डा. घलेकै नेतृत्वमा एक निर्वाचन समिति बनाइएको थियो तर पन्त समूहले आफ्नो स्वार्थ पुरा नहुने देखेपछि डा. घले–नेतृत्वको निर्वाचन समितिलाई एक पक्षीय रुपमा बिघटन गरेर आफ्नै तजवीजले निर्वाचन गर्न अग्रसर भयो । गत हप्ता दुई बेग्लाबेग्लै महाधिवेशन र निर्वाचन भएको होे ।

दुई बेग्लाबेग्लै महाधिवेशनहरुबाट अब एनआरएनएको अब दुई वटा कार्यसमिति बनेको छ र दुवैले आफू आधिकारिक भएको दावी गर्दै परराष्ट्र मन्त्रालय पुगेका छन् । पहिले डा. शेष घलेको नेतृत्वमा आयोजित महाधिवेशनबाट विनोद कुँवर अध्यक्षमा निर्वाचित भएका छन् भने दुई दिन पछि आयोजित अर्को महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसी सहित तीन जना अध्यक्ष चुनेको छ ।