April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लण्डनमा यक्वा तङ्नाम (उभौली पूजा)

3.3K

लण्डन । लण्डनस्थीत फेल्थाम कम्युनिटी कलेजमा यक्वा तङ्नाम (उभौली पूजा) मनाइएको छ । अप्रिल ९ शनिबारका दिन किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले यक्वा तङ्नाम मनाएको हो ।

उभौली पूजा सबैलाई पायक पर्ने ठाउँमा भेला भई धूपवाती, फूल फलार, अक्षता, माङभेटी पैसा जम्मा गरी पूजा गरिएको थियो । बालिनाली लगाउन अगाडी गरिने यो पूजालाई संसारी पूजा पनि भनिन्छ ।

प्रमुख अतिथि र अध्यक्षबाट दिप प्रजलन गरी सुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हेम तुम्वापोले स्वागत मन्तव्य दिएका थिए भने सेवासावा रुद्र तुम्वापो र ओम तुम्वापो, युमा कमला सुब्बा र कल्पना चेम्जोङद्वारा गाली श्राप याक्वा पूजा र माङलाङ सम्पन्न गरिएको थियो । सेवासावा गुरु रुद्र तुम्वापोले याक्वा तङनामको बारेमा प्रकाश पारेका थिए ।

Advertisement

किरात याक्थुङ चुम्लुङका महासचिव जुरेन्द्र खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा चुम्लुङ जिएलएसबीकी कला चेम्जोङ, हिलिङटन गोर्खा नेपाली कम्युनिटीबाट बिष्णुकुमारी तेयुङ र समसेर ईम्सङ अतिथिको रुपमा उपस्थिती रहेका थिए ।

सचिव पूर्ण कुमार फालेछुवाले हेल्थ एण्ड सेफ्टीबारे जानकारीसहित सन्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष रतन चेम्जोङले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।