April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

2.4K

लन्डन । बेलायत र नेपालको सम्बन्ध अझै बलियो बनाउन प्रेरित बेलायतका लागि नेपाली राजदुत ज्ञाचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्धितियासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले भर्चुअल माध्यमबाट महारानी द्धितियालाई ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कोभिडका कारण महारानीले भने भर्चुअल माध्यमबाटै आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छिन् ।

त्यसक्रममा उनले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिंदै उनको पालामा बेलायत- नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन् । राजदूत आचार्यसंगको १० मिनेट लामो संवादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन् ।

Advertisement

त्यस अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विध्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए ।

बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए।
ओहोदाको प्रमाणपत्र पेश गर्न जान राजदूतका लागि बकिङहम प्यालेसबाट परम्पराअनुसार विशेष बग्गी पठाइएको थियो । पत्नीसहित राजदूत आचार्य सोही बग्गी चढेर समारोहमा भाग लिन बकिङहम प्यालेस पुगेका थिए ।