लण्डन । मगर सघं युकेको आसन्न सातौ महाधिवेशनका लागि राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष समेत रहेका उनले आफुले अहिलेसम्म संस्था प्रति गरेको योगदान र संस्थाको नेतृत्व सम्हाल्न आफु सक्षम रहेकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
‘उपाध्यक्ष रहँदा कतिपय कार्यक्रमहरु चाहेर पनि गर्न सकिएन् उनले भने ती पुराना कामहरुलाई सम्पन्न गर्ने र मगर सघंलाई चलायमान बनाउँदै नियमित कार्यक्रमहरुलाई व्यापक र व्यवस्थित बनाउँदै लैजाने छु ।’
मगरले उम्मेदवारी घोषणासगैं आगामी ३ वर्षका लागि संस्थालाई गतिशिल र सक्रिय बनाउन केही प्रतिबद्धता समेत जनाएका छन् ।
१. मगर संघ यूकेले विगत देखि नियमित रूपमा गर्दै आएको कार्यक्रमहरू थप ब्यापक र व्यवस्थितरुपले संचालन गर्ने ।
२. मगर संघ यूकेले विगतमा थालनी गरेका कतिपय अधुरा योजनाहरूलाई पूर्णता दिने ।
३. बेलायतवासी मगर समुदायको आस्थाको केन्द्र मगर भवनलाई विस्तार र व्यवस्थित गर्नका लागि आर्थिक संकलन गर्ने ।
४. बेलायतवासी मगर समुदायको आर्थिक सामाजिक स्थितीको बारेमा तथ्याङ्क संकलन गर्ने ।
५. बेलायतबासी सम्पूर्ण मगर समुदायलाई गौरवपूर्ण संस्था मगर संघ यूकेमा संस्थागत रूपमा गोलबन्द गराउने तथा आजीवन सदस्यता वितरण कार्यलाई तीव्रता दिने ।
६. बेलायतमा हुर्किएको मगरहरुको नयाँ युवा पुस्तालाई मगर संघ यूकेमा आबद्ध गराई शाखाहरूमा समेत मगर युवा समिति गठन गरी सकृय बनाउने ।
७. मगर महिला संघसंग समन्वय गरी, मगर महिलाहरूमा थप जागरण ल्याउदै मगरहरुको जातीय उत्थानका लागि मगर संघको उद्देश्य अनुकूल कार्य गर्नका निम्ति मगर महिला संघको प्रभावकारी रुपमा संचालन गर्ने ।
८. मगरहरुको जातीय पहिचान स्थापनार्थ सशक्त रुपमा कार्य गर्ने । मगर समुदायको भाषा संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै सर्वांगीण विकासको निम्ति नेपाल मगर संघले संचालन गर्ने अभियानहरूमा प्रभावकारी रुपमा सहकार्य गर्ने ।
९. बेलायतस्थित नेपाली समुदायको उन्नति र प्रगतिका लागि नेपाली दूतावास, एनआरएनए युके, तमु धीं युके लगायतका सामाजिक संघसंस्थाहरुसंग सहकार्य गर्ने।