एनआरएनए युकेद्धारा युक्रेनबाट विस्थापित भएका नेपालीहरुको सहयोगार्थ सहयोग संकलन सुरु
लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) युकेले युक्रेनमा रसियाको आक्रमणपछि विस्थापित भएका नेपालीहरुको सहयोगार्थ सहयोग संकलन सुरु गरेको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा हालै बसेको बैठकले सहयोग संकलन गर्ने निर्णय गरी सचिव ज्ञानेन्द्र आलेलाई संयोजक तोकेको हो । संकलित सहयोग युक्रेनमा जारी युद्धका कारण छिमेकी देशहरु पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानियामा विस्थापित भएका...