April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथर थर्पू समाज यूकेको अध्यक्षमा खुशी लिम्बु

2.4K

लन्डन । पाँचथर थर्पू समाज यूकेको पाचौं अधिवेशन अप्रिल १० तारिख आइतबार सम्पन्न भएको छ । अधिवेशनले खुशी लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिमा युवराज माबो उपाध्यक्ष, योगेन्द्र बिक्रम तावा सचिव र क्या. वीरेन्द्र काम्बाङ सहसचिव रहेका छन् । त्यस्तै गरी कोषाध्यक्ष र कोषाध्यक्षमा क्रमशः बिमला लिम्बू र रिको तावा चयन भएका छन् ।

सदस्यहरुमा नन्द कुमारी सुन्दास, भीम तावा, चन्द्र कुमारी तावा, इन्द्र काम्बाङ, देवी तिम्सिना, सुरेन्द्र काम्बाङ र नयन तावालाई चयन गरिएको छ ।

चन्द्र बहादुर सुन्दास अध्यक्ष, मोहन माबो सदस्य र मन कुमार काम्बाङ सचिव रहेको निर्वाचन समितिले सर्वसम्मतिमा सबै पदहरुमा निर्बिरोध निर्वाचित गरेको हो ।

Advertisement

नवनिर्वाचित अध्यक्ष खुशीमान तावाले आफू र आफ्नो टीमलाई सर्वसम्मतले चयन गरेकामा निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवाद दिए ।

अल्डरसटको एम्पायर हलमा आयोजना गरिएको अधिवेशनको प्रथम सत्रको सभापतित्व समाजका निवर्तमान अध्यक्ष तिलबिक्रम तावा र सञ्चालन सचिव युवराज माबोले गरेका थिए ।

निर्वाचनपूर्व अधिवेशनको प्रथम सत्रमा मध्यतिर सचिव युवराज माबोले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिमला सिगूले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । समाजका उपस्थित बरिस्ठ सदस्यहरुले शुभकामना मन्तब्य ब्यक्त गरेपछि अध्यक्ष तिलबिक्रम तावाले कार्यसमिति औपचारिक रुपमा बिघटन गरेका थिए । समापनका क्रममा अध्यक्ष तिलबिक्रम तावाले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

पाँचथर जिल्लाको साविक थर्पू क्षेत्र उदगम भई हाल बेलायतमा बसोवास गरिरहेका घरपरिवारहरुको साझा संस्था पाँचथर थर्पू समाज यूके सन् २०१० स्थापना भएको थियो । समाजले आफ्नो उदगम भूमि पाँचथरमा शिक्षा, स्वास्थ्यको विकार र समाज कल्याणका अन्य क्षेत्रहरुमा सहयोग गर्दैआएको छ ।