लण्डन । मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । संस्थाको सातौँ साधारण सभाबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गरेकी हुन् ।
सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएपनि अन्नत अध्यक्षका आकाक्षीं २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढेको थियो ।
महाधिवेशनमा अध्यक्षको लागि प्रत्यासी तथा मगर संघ युकेकी बरिष्ठ उपाध्यक्ष सीता पुनमगरले २१६ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएकी छन भने अर्का प्रत्यासी तथा उपाध्यक्ष राम गलामीमगरले २१३ मत प्राप्त गरेर उपविजेता बनेका छन।
यसैगरी कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा क्रमश: रुद्र थापामगर , होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिबमा गुमानसिंह थापामगर, सह-कोषाध्यक्षमा थाम बहादुर रोकामगर, सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्बिरोध निर्वाचित भएका छन।
अध्यक्ष पदमा निर्वाचत भएपश्चात लण्डन नेपाल न्युजसगं कुराकानी गर्दै पुनले यो जिम्मेवारी सुम्पिने सम्पूणर्लाई धन्यवाद व्यक्त गरिन् । उनले मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पूणर् मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
त्यस्तै मगरसघंको भवन मर्मत संहार गर्ने, मातृभाषको प्रबद्धन र संरक्षण गर्ने, मगर समुदायको अधिकार र हीतमा जोडिएका विषयहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने र संस्थालाई राजनैतिक हस्तक्षेपबाट टाढा राख्ने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।