काठमाडौं। अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरुलाई निर्देशक राईले पाठ्यपुस्तक बोक्ने एउटा एउटा झोला र कलम बितरण गरेका हुन् ।
‘यो विद्यालयसंग मेरो पुरानो नाता पनि छ । ४० बर्षअघि मैले यही स्कूलमा कखरा सिकेको हुँ । आज झण्डै २० बर्षपछि विद्यालयको प्राङ्गणमा खुट्टा टेक्न पाउँदा भावुक बनेको छु ।’ निर्देशक राईले बताए ।
उक्त विद्यालय व्यावस्थापन समिति र शिक्षकहरुसँग छलफल गरेको पनि राईले जानकारी दिए । ‘व्यवस्थापन समिति र शिक्षकहरुसँग भलाकुसारी भयो । छलफलमा यस अनुग्रह ज्वेलर्सले विद्यालयलाई निरन्तर सहयोग गर्नेबारे छलफल भएको छ ।’, राईले नेपाल मामिलाई बताए ।
बेलायतको अल्डर्शट र पूर्वी लण्डनका प्ल्मस्टेडमा सुन तथा गहना व्यवसायमा आफूलाई स्थापित गरिसकेको अनुग्रह ज्वेलर्सले समय समयमा समाज कल्याणका विभिन्न कृयाकलापहरु गर्दै आइरहेको छ ।