के सर्जकले बाँच्नु पर्दैन ?
लघुकथा एक पाठकले नीरालाई म्यासेन्जरमा प्रश्न गर्यो– दिदी आजकल तँपाईका रचनाहरू फलानो पत्रिकामा आउँनै छाड्यो नि ! किन होला ?’ नीराले जवाफमा भनी– ‘आउँछ होला नि ! धेरैका रचनाहरू भएकोले लाईनमा बसेको होला । पठाउँन त पठाई रहेकी छु ।उनले यस्ता धेरै पाठकहरूको प्रश्नको सामना गरिरहेकी थिई । कारण प्रत्येक हप्ता उसका विभिन्न विधाका रचनाहरू...