November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पर्खाइ

दीपा मग्राती
२०८० श्रावण ६

14.6K

फर्कनेहरू फर्किसके
मेलाबाट खेतालाहरू
चरनबाट चौपायाहरू
चारो खोज्न गएका चराहरू
रात खोज्न हिँडेका दिनहरू
तर उज्यालो खोज्दै आएकाहरू
अँध्यारोमै फर्किए
जानेहरू पनि केही नलिई गए

र, अझै पनि
पर्खदाँ– पर्खर्दै बूढो भएको रुख जस्तै छ
मलाई तिम्रो पर्खाई…।

चतरा, बराहक्षेत्र सुनसरी

Advertisement