आमा भान्सामा बस्नुहुन्छ !
रातको करिब तीन बजे निन्द्रा खुल्यो । केही खटपट आवाज आयो । भान्सामा गएर हेरेको आमाले भाँडा निकाल्दै हुनुहुन्थ्यो । मलाई देखेर आश्चर्यचकित हुँदै हाँस्दै भन्नुभयो, ‘विहान हुन अझै बाँकी छ गएर सुत ।’ उहाँको दन्तपङ्क्ति लोभ्याउने खालको थियो । मैले अल्छी मान्दै सोधेँ, ‘तपाईं यति राती के गर्दै हुनुहुन्छ ? किन नसुत्नु भएको ?’...