September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

गजल

लिम्बू अभिलाषी राज
२०८० भाद्र ९

2.3K

तिम्ले लेखेको कानूनमा मानवीय जात छ कि छैन ?
सबैको लागि बराबर हुने दिन र रात छ कि छैन ?

महँगो पिज्जा र बर्गरको भोज तिम्रै क्याबिनेटमा
मेरो सरकार! गरिबको मुखमा, भात छ कि छैन ?

खाली गमलामा गुराँस रोपेर गयौ चुनावमा अनि
पछि सोध्छौ अरबी खजुरको, पात छ कि छैन ?

Advertisement

हिजो खुट्टा गुमाएकी मालती दिदी लम्पसार छिन
आज उनलाई डोऱ्याएर हिँडाउने हात छ कि छैन?

देशकै लागि लड्दा माझघरे माइलो सहिद भए
कम्सेकम उसलाई विचरा भन्ने, राहात छ कि छैन?