गजल
मिठो भाषण ठोक्नेसँग होसीयार ।फूलको थुङ्गा बोक्नेसँग होसीयार । आँखा तर्नेसँग नडराउनु कहिले,आफ्नै अधर टोक्नेसँग होसीयार । सूनचाँदी व्यापारीले ठग्दैन बरु,माया प्रित जोख्नेसँग होसीयार । कस्तो जमाना यस्तो हुन थाल्यो,स्वास्नी आफ्नै लोग्नेसँग होसीयार । संसार अहिले अभिनयको छ,आँखाबाट आँशु पोख्नेसँग होसीयार । *** आला घाउहरु छन् र खतहरु छन् ।जति हिँडे पनि नपुग्ने पथहरु छन्...