November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गजल

अशोक चाम्लिङ राई
२०८० श्रावण ६

5.1K

हातमा प्याला थमाएर लेखेँ
तिम्रो फोटो समाएर लेखेँ

उकुसमुकुस भयो पिएँ अलिकति
शब्द आँसु खसाएर लेखेँ

हेर्दै थिएँ तस्बीरमा मुस्कुरायौ तिमी
भित्र–भित्रै रमाएर लेखेँ

Advertisement

टुक्रिएको सपनीमा देखेँ तिमीलाई
तिम्रो संझनाले सताएर लेखेँ

अटाएनन् सबै कुरा फगत एउटा चिठीमा
कति कुरा त चपाएर लेखेँ ।