November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

कविता: झरी

पुष्पा बोगटी बराहक्षेत्र –१, चावचा
२०८० भाद्र २

9K


यो झरी पनी
निकै अफ्ट्यारो रहेछ,
मलाई झसङ्ग बनाउछ
म तरंग तर्सिन्छु, र आतिन्छु
मलाई तिम्रो याद आएको रहेछ ।

माथी
उकाली देउराली डाँडामा
एकजोडी वरपिपल थिए,
त्यो पारी खोल्साको खोलो पनि
लौ उर्लिएछ कत्रो बाढी आएछ

जसरी तिमीलाई
म गडगडाएर प्रेम गर्थेँ
ठिक त्यसैगरी
त्यो पल्लो खोलो पनि
औधी ठूलो आवाज दिएर गडगडाइरहेछ ।

Advertisement

हावाहरू बहिरहेका छन्
मलाई महसुस भइरहेको छ
रुखका हागाहरू हल्लिरहेका छन्
बाँसहरू निकै तलसम्म निहुरिरहेका छन् ।

म तिम्रो प्रेम पाउन पनि
त्यही बाँस जस्तै झुकिरन्थेँ, निहुरिरहन्थेँ
बर्षात भै रहेको छ, घर छेउको पखेरो
तलैसम्म खस्किएको छ ।

पहिरो जाने टुङ्गो छैन
ठूलो ढुङ्गो पनि लौ माथि नै बाट खस्दैछ
जसरी तिमीले
मेरो प्रेम पनि आखिर त्यसैगरी खसालेका थियौ ।

आमा
माथिल्लो कान्लामा
घुम ओडेर लछारपछार घाँस काट्दै थिइन्
बा पर्तिर हतारहतार गाई गोठ सार्दै थिए
बाछो ड्वाँड्वाँ कराइरहेको थियो
जसरी म तिम्रो प्रेमको निम्ति रोइरहेकी थिएँ ।