झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका-४ कि ६९ बर्षिया सीता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो ।...