काठमाडौं । संखुवासभामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरर्गत चैनपुर–सभाखोला सडक खण्डको चैनपुर–८ बानेश्वरमा टिपरको ठक्करबाट चैनपुर नगरपालिकाको योजना शाखामा कार्यरत पदम श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिवार बेलुकी साढे ६ बजे चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१–०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशामा गइरहेको को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।
टिपर चालक चैनपुर–१० खराङ बस्ने ३४ वर्षका कमानसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।