March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

दार्जिलिङमा रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु

1.2K

दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा अरू २५–३० जना घाइते भएको बताइएको छ ।

घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ ।

स्रोतका अनुसार यस घटनामा यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ । रेल अगरतलाबाट सियालदह जाँदै थियो ।

Advertisement

घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको हो ।