विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन् ।
हिजो साँझ प्रदेश ०३–००१क १०९० नम्बरको टिफरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए । दुबै घाईतेलाई उपचारको लागी स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पु¥याउनसाथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको छ ।
ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।