March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पाँचथरमा बोलेरो दुर्घटना हुँदा एकै परिवारका ३ सहित ८ घाइते

2.5K

पाँचथरको मेचि राजमार्ग अन्तर्गत जोरपोखरी – गोपेटार सडक खण्डमा बोलेरो दुर्घटना भएको छ ।

आइतबार दिउसो करिब ३:१० बजे हिलिहाङ गाउँपालिका वडा नं ३ किसेनी खोलास्थित मेची राजमार्गमा जोरपोखरीबाट गोपेटारतर्फ जादै गरेको बोलेरो सडकभन्दा अन्दाजी ३ मिटर तल खसेको थियो ।

बाक्लो हुस्सुका कारण बाटो नदेख्दा दुर्घटना भएको चालक खगेन्द्र गदालले बताए । दुर्घटनामा एकै परिवारका ३ जना आमाछोरी सहित ८ जना घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा जिल्ला ताप्लेजुङ फुङलिङ २ बस्ने बर्ष ३० कि कला लिम्बु, उनका छोरा कृष्टिन लिम्बु र छोरी कृष्टिना लिम्बु, सोही ठाउँका बर्ष ७२ कि सुरज कुमारी लिम्बु, सोही ठाउँका बर्ष ३१ का कमल लिम्बु, फुङलिङ नपा १ बस्ने बर्ष १७ को अर्जुन सापकोटा, सोहि ठाउँका बर्ष २३ कि संगीता सापकोटा र जिल्ला पाँचथर कुम्मायक गापा ३ रानीगाँउ बस्ने बर्ष ३३ को खगेन्द्र गदाल रहेका छन् । अर्का एकजना भने सकुसल रहेका छन् ।

घाइते यात्रुको स्थानीय स्वास्थ्य संस्था र फिदिमस्थित समर्पित अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई प्रहरी चौकी गोपेटार बाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक बिनालाल साह तेलीले जानकारी दिए ।