February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

रामेछापमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात जना घाइते

700

भक्तपुर । रामेछापमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ बजे मन्थली नगरपालिका-७ कल्लेरीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मन्थलीबाट खाँडादेवी गाउँपालिका-९ पिंङखुरी हिँडेको प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी मन्थली न.पा.७ कल्लेरी गणेशथान बस्ने-६५ की माया बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा सात जना घाइते छन्। घाइतेहरूमध्ये खाँडादेवी गाउँपालिका-९ का ७० वर्षीय नरमाया विक, ७० वर्षीय हैटे तामाङ, ४० वर्षीय उशा भण्डारी, ९ वर्षीय डेविड भण्डारीलाई मन्थलीमा उपचारपछि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

बोलेरो चालक खाँडादेवी गाउँपालिका-९ का ४७ वर्षीय बाबुराम तामाङ, ७० वर्षीय मंगले कामी, ७० वर्षीय दुर्गा बहादुर तामाङ, ५ वर्षीय अन्जना तामाङ र ४२ वर्षीय नरेन्द्र तामाङ सामान्य घाइते छन्।

उनीहरूको मन्थलीमै उपचार भइरकेको प्रहरीले जनाएको छ ।